काठमाडौँ — वरिष्ठ पत्रकार तथा लेखक विनोद प्रसाद शर्मा ‘विनोद धौलागिरि’ द्वारा लेखिएका दुई पुस्तक — “लेखन र सम्पादन” र “लेखन कला” — बुधबार काठमाडौंमा सार्वजनिक भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका यी पुस्तकहरू डा. सुरेशप्रसाद आचार्य र कविता शर्माले संयुक्त रूपमा विमोचन गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि डा. आचार्यले पुस्तकहरूले पत्रकारिता अध्ययनका विद्यार्थीका लागि ज्ञान, लेखन सीप र सम्पादन दक्षता विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्ता पुस्तकहरूले शिक्षा र व्यावसायिक पत्रकारिताबीचको दूरी घटाउने छन्।
क्याम्पस प्रमुख कविता शर्माले पुस्तकहरू पाठ्यक्रममा आधारित हुनु शैक्षिक दृष्टिले सकारात्मक कदम भएको बताउँदै, विद्यार्थीहरूलाई अध्ययनमा व्यवहारिक लाभ मिल्ने धारणा राखिन्।
लेखक धौलागिरिले अध्ययनका क्रममा पाठ्यपुस्तकको अभाव महसुस भएको बताउँदै, सो कमी पूरा गर्नका लागि यी पुस्तकहरू तयार गरेको जानकारी दिनुभयो। उनका अनुसार पुस्तकहरू मिडिया टेक्नोलोजीको प्रथम सेमेष्टरका विषयहरूमा आधारित छन्।
विनोद धौलागिरि हाल wash खबर डिजिटल पत्रिकाका सम्पादक तथा नेपाल पत्रकार महासंघ म्याग्दीका केन्द्रीय परिषद् सदस्य हुनुहुन्छ। उहाँका पुस्तक प्रकाशनले मिडिया शिक्षामा नयाँ प्रेरणा र योगदान दिएको शिक्षाविद्हरूले बताएका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


