Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सभामुख घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदै


ग्लोबल पाना
शुक्रबार, माघ ६ २०७९
  • 198
    SHARES

  • images
    सभामुख  घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदै

    काठमाडौं । सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शुक्रबार बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका छ ।

    images
    images
    images

    शपथ लिएलगत्तै उनी लैनचौरमा रहेको सहिद स्तम्भमा माल्र्यापण गर्न जाने भएका छन् । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले पदभार सम्हाल्ने कार्यक्रम छ ।

    घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित भएका थिए । दुई सय ६८ सांसद उपस्थित भएकामा उनले एक सय ६७ मत प्राप्त गरेका थिए ।

    उनको विपक्षमा एक सय मत परेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ