Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश


ग्लोबल पाना
बिहीबार , कात्तिक २७ २०८२
  • 358
    SHARES

  • images
    गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश

    पाेखरा । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा मिति २०८२ कार्तिक २७ गते विहिबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    images
    images
    images

    उक्त साधारणसभाले विकास बैंकको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ असार मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तथा आ.व.२०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

    त्यसैगरी, साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत हालको अधिकृत पूँजी बृद्धि गरी रु.६ अर्ब १० करोड पुर्‍याउने, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३, बालुवाटारमा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र, नियमावली संसोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

    हाल विकास बैंकको चुक्ता पूँजी रु.५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ र पैसा ५७ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी रु.६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्नेछ । देशभर १२६ शाखा कार्यालयहरु र ५१ एटिए रहेको यस विकास बैंकले नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ