Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बहुभाषिक सिर्जनाको संभार: २८औं मातृभाषा साहित्य श्रृङ्खला सम्पन्न


ग्लोबल पाना
शुक्रबार, कात्तिक २८ २०८२
  • 545
    SHARES

  • images
    बहुभाषिक सिर्जनाको संभार: २८औं मातृभाषा साहित्य श्रृङ्खला सम्पन्न

    काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागद्वारा नियमित रूपमा आयोजना हुँदै आएको ‘मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ को २८औं श्रृङ्खला शुक्रबार प्रज्ञाप्रतिष्ठानको देवकोटा सभाहलमा सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रमको सहजीकरण प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक चेतनाथ धमलाले गरेका थिए । कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले मातृभाषा साहित्यलाई संस्थागत रूपमा मजबुत बनाउन प्रज्ञा–प्रतिष्ठान निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे । उनले मातृभाषा संरक्षण र विकासका लागि साहित्यिक सिर्जनाको महत्व झनै बढेको पनि बताए ।

    श्रृङ्खला २८ मा केवरत र शेर्पा भाषासम्बन्धी दुई महत्वपूर्ण शोध–कार्यपत्र प्रस्तुत गरिएको थियो । केवरत भाषाको साहित्य विश्लेषणसम्बन्धी कार्यपत्र हेमन्ती केवरतले प्रस्तुत गरेकी थिइन् भने शेर्पा भाषाको साहित्यिक विकास र वर्तमान अवस्थाबारे आचार्य नुर्बु शेर्पाले कार्यपत्र प्रस्तुत गरे ।

    यस्तै, तीन मातृभाषामा कविता वाचनसमेत गरिएको थियो । उराँव भाषामा कुमारी सरना उराँव, शेर्पा भाषामा पासाङ माया शेर्पा र धिमाल भाषामा सजिना धिमालले आ–आफ्नो भाषा र संस्कृतिको सौन्दर्य उजागर गर्ने मनोहर कविता वाचन गरेका थिए ।

    कार्यक्रमका सभापति तथा मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्यले देशको सांस्कृतिक पहिचान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रज्ञा–प्रतिष्ठान मातृभाषामा सिर्जनात्मक चहलपहल बढाउन निरन्तर अग्रसर रहेको बताए ।

    विविध भाषाको सिर्जना, संवाद र विमर्शले भरिएको २८औं श्रृङ्खला सभाध्यक्ष मुकारुङको धन्यवाद ज्ञापनसँगै सम्पन्न भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ