Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चालु आ. व. को पहिलो चौमासिकमा गएको वर्षभन्दा ५ करोड ६५ लाख बढी राजस्व संकलन


ग्लोबल पाना
बुधबार, मंसिर ३ २०८२
  • 391
    SHARES

  • images
    चालु आ. व. को पहिलो चौमासिकमा गएको वर्षभन्दा ५ करोड ६५ लाख बढी राजस्व संकलन

    गएको वर्षभन्दा कुनै शीर्षकमा धेरै र कुनै शीर्षकमा कम राजस्व जम्मा

    काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले ३ अरब २२ करोड ४१ लाख २५ हजार १४९ रुपियाँ राजस्व संकलन गरेको छ । यही अवधिमा गएको वर्ष ३ अरब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपियाँ संकलन भएको थियो ।

    images
    images
    images

    यसरी हेर्दा गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको यस अवधिमा ५ करोड ६५ लाख १० हजार ४९२ रुपियाँ बढी राजस्व संकलन भएको छ । गएको वर्ष १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपियाँको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्षको १५ अरब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण गरिएको छ । चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक करतर्फ १ अरब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपियाँ संकलन भएको छ ।

    गएको वर्ष यस अवधिमा १ अरब ९९ लाख २ लाख ६७ हजार ६९५ रुपियाँ राजस्व संकलन भएको थियो । यो अङ्क गएको वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९९५ रुपियाँ कम हो । यसरी आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर शीर्षक हो । गएको वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपियाँ संकलन भएको सम्पत्ति कर यस वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपियाँ संकलन भयो ।

    राजस्व विभागका प्रमुख दीपक अधिकारी भन्नुहुन्छ, ‘गएको वर्ष सम्पत्ति करको दर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यो निर्णयबाट ठुलो भवन भएका करदाताको राजस्व गुणात्मक रुपमा वृद्धि भयो । साना घर हुनेको घट्यो । यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोज महिनामा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि त्यस अवधिमा बढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गर्ने भनियो ।

    यसरी समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’ यस वर्ष वहाल कर असुली बढेको छ । गएको वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपियाँ संकलन भएकोमा यस वर्ष १ अरब २ करोड ९२ लाख ९७ हजार ५७० रुपियाँ संकलन भएको छ । वहाल कर बढ्नुको कारण बताउँदै अधिकारी भन्नुहुन्छ, ‘२०८२ जेठ २० गते सर्वाेच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएको फैसला गरेपछि साविकमा संघ सरकारका आन्तरिक राजस्व कार्यालयहरुबाट उठाइँदै आएको कर महानगरपालिकामै जम्मा थालेपछि यस शीर्षकमा कर बढेको हो ।

    यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ । गएको वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपियाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपियाँ असुली भएको छ । भवन नक्सा शुल्कबाट संकलन हुँदै आएको रकम भने घटेको छ । गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपियाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपियाँमा झरेको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ