Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जाडो मौसममा जोर्नीको दुखाई किन हुन्छ ?


ग्लोबल पाना
सोमबार, मंसिर ८ २०८२
  • 269
    SHARES

  • images
    जाडो मौसममा जोर्नीको दुखाई किन हुन्छ ?

    डा. विनयकुमार रेग्मी, वाथरोग विशेषज्ञ (ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल)

    काठमाडौं । मानिसलाई जाडो मौसममा विभिन्न रोगले सताउने गरेको पाईन्छ । जाडो मौसममा बढी चिसो हुने हुँदा दम, छालाको समस्या, जोर्नी दुख्ने, रुघाखोकी लाग्ने, मुटुसम्बन्धी समस्या र निमोनिया, हृदयघातलगायतका समस्या हुने गरेको पाईन्छ । जाडो महिनामा दमका रोगहरु बल्झिने हुन्छ । दमको विरामीहरुलाई जाडो र चिसोले गर्दाखेरी स्वासप्रश्वास नलीहरु साँघुरो भएर दमहरु बल्झिने गरेको हो ।

    images
    images
    images

    जाडोमा रुघाखोकीको प्रकोपहरु भाइरस, टन्सिलाइटिस समेत हुने गरेको छ । साना बालबालिका र इम्युनिटी पावर कम भएका विरामीहरुलाई जाडो महिनामा भाइरल डायरिया पनि हुने गरेको पाईन्छ । हड्डीहरु खिइएका, घुँडाहरु खिइएका, ढाड दुखेका र वाथ भएका बुढाबुढीहरुलाई गर्मी महिनाको तुलनामा जाडो महिनामा चिसोका कारण जोर्नीहरु बढी मात्रामा दुख्ने गरेको पाईन्छ । जाडो वा चिसो मौसममा शरिरमा हुने रक्तसञ्चार कम हुँदा बढी मात्रामा जोर्नी दुखेको महसुस हुन्छ । जोर्नी दुख्ने विरामीहरु गर्मीमा नहुने भन्ने हुँदैन ।

    हड्डीहरु खिइएका, घुँडाहरु खिइएका, ढाड दुखेकाका विरामीलाई जाडो समयमा तातो वा न्यानो बनाउँदा सहज महसुस हुन्छ । सामान्य जोर्नी दुखाईलाई हामीले जीवनशैली तथा खानपिनमा सुधार ल्याएरपनि ठिक गर्न सकिन्छ । यद्यपि, कतिपय जोर्नी दुखाईमा भने डाक्टरसँग उपचार नै गराउनुपर्छ । जाडो मौसममा प्रायः व्यक्ति बढी आराम गर्ने गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ । त्यसैले हाम्रो खानपानको बानी समेत परिवर्तन हुन्छ ।

    हामी व्यायाम पनि कम गर्छौं । त्यसैले जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ । चिसो मौसममा हाम्रो शरिरमा गतको तापमान कायम गर्नु आवश्यक हुन्छ । तापमान सही नभए यसले शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ । जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुन्छ ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ