Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बैतडीकाे छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला


ग्लोबल पाना
शुक्रबार, माघ ६ २०७९
  • 271
    SHARES

  • images
    बैतडीकाे छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला

    काठमाडौं । यहाँ छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए । चन्दको मृत्युका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तै चार दिनदेखि बेपत्ता रहेकी सिँगास गाउँपालिका–६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेका छन् ।

    राधिका यही माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केको बताइएको छ । घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी गर्दै जाँदा मृत भेटिएका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ