Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, विभिन्न संस्थासँग MOU हस्ताक्षर


ग्लोबल पाना
बिहीबार , मंसिर ११ २०८२
  • 426
    SHARES

  • images
    ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, विभिन्न संस्थासँग MOU हस्ताक्षर

    ✍️राजन थापा

    images
    images
    images

    काठमाडौं । ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव आज विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। गमलाको फूलमा पानी हालेर र पानसमा बत्ती बाल्दै विधिवद्ध शुभारम्भ गरिएको कार्यक्रममा  पत्रकारहरुकाे बाक्लो उपस्थिति रहेकाे थियाे । बरिस्ठ पत्रकार नन्दलाल खरेल, दिनेश लामिछाने, अमि कट्टेल, अस्पतालका अध्यक्ष डा. सुवास घिमिरे तथा सम्पूर्ण अतिथिहरूको उपस्थितिमा केक काटेर वार्षिकोत्सव उत्साहपूर्ण वातावरणमा मनाइयो। विभिन्न संस्थासँग MOU हस्ताक्षर समुदायमा दन्त स्वास्थ्य सेवा विस्तार र प्रभावकारी बनाउन अस्पतालले आजकै समारोहमार्फत विभिन्न प्रतिष्ठित संस्थाहरूसँग MOU हस्ताक्षर गरेको छ।

    यस सम्झौताले विद्यालय–विद्यालयमा दन्त सेवा पुर्‍याउने, स्वास्थ्य सचेतना कार्यक्रम विस्तार गर्ने तथा समुदायसँगको सहकार्य मजबुत हुने अपेक्षा गरिएको छ। डा. सुवास घिमिरेको प्रेरणादायी सन्देश — “रोग लाग्न नदिनु नै उत्तम उपाय” अध्यक्ष तथा वरिष्ठ दन्त–चिकित्सक डा. सुवास घिमिरेले रोग लागेकोपछि अस्पताल धाउनेभन्दा रोग नै नलाग्ने जीवनशैली अपनाउनु नै सबैभन्दा ठूलो उपचार भएको बताउनुभयो। उहाँले नियमित दन्त परीक्षण, मौखिक स्वच्छता र स्वस्थ जीवनचर्यामा जोड दिँदै अस्पतालले गर्दै आएका निःशुल्क दन्त स्वास्थ्य शिविर तथा समुदायमुखी कार्यक्रम अत्यन्तै प्रभावकारी सावित भइरहेको उल्लेख गर्नुभयो।

    डा. घिमिरे स्वदेश तथा विदेश दुवैतर्फ प्रतिष्ठित दन्त–विशेषज्ञका रूपमा परिचित हुनुहुन्छ। उहाँको सरल स्वभाव, सेवाभाव र इमानदार कार्यशैलीले सबैको मन मुटु जितेको सहभागीहरूले बताएका छन्। काठमाडौँ महानगरको ‘योगदान राष्ट्रका लागि’ अभियानकी अध्यक्ष सर्मिला थापाको भनाइ कार्यक्रममा सहभागी हुँदै अभियानकी अध्यक्ष सर्मिला थापाले अस्पतालप्रति धन्यवाद व्यक्त गर्दै भनिन्— “यो अभियान केवल कार्यक्रम होइन; सबै नेपाली एकजुट भई राष्ट्र निर्माणतर्फ अघि बढ्नु आजको आवश्यकता हो। आफ्नो स्थानबाट योगदान दिन सके राष्ट्र समृद्ध बन्छ।”

    उनले सामाजिक सेवा, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहकार्य र एकताको भूमिका अत्यन्त आवश्यक भएको पनि उल्लेख गरिन् सामाजिक अभियन्ता बेबी राजभण्डारीको उल्लेखनीय प्रतिक्रिया महिला अधिकार, बालबालिका संरक्षण, वातावरण व्यवस्थापन तथा सामुदायिक पर्यटन प्रवर्द्धनमा सक्रिय सामाजिक अभियन्ता बेबी राजभण्डारीले MOU लाई ऐतिहासिक कदमका रूपमा स्वागत गर्दै भनिन्— "अब यो MOU ले साँच्चिकै हाम्रो संस्थासहित नेपालभरका नागरिकले दन्त सेवा सहजै लिन पाउनेछन्। यस्तो अभियानमा हातेमालो गर्न पाउनु गर्वको विषय हो।"

    कार्यक्रम सञ्चालन शाखा प्रमुखद्वारा वार्षिकोत्सव कार्यक्रम अस्पतालकी शाखा प्रमुख सबिना पपन गुरुङले सुव्यवस्थित र आकर्षक ढङ्गले सञ्चालन गर्नुभएको थियो । अस्पतालतर्फबाट उपस्थित टोली सबिना पपन गुरुङ – शाखा प्रमुख अस्पताल काे सूचना अधिकारी “सिर्जु अधिकारी” डा. अभिषेक यादव – दन्त चिकित्सक डा. गौरी श्रेष्ठ – दन्त चिकित्सक रश्मि ढकाल – हाइजेनिस्ट रिता नेपाली – सहायक सोनाम साह – सहायक सुसिला गुरुङ – परिचालिका कल्पना कार्की – सूचना सहायक समुदायका लागि निरन्तर सेवा दिने प्रतिबद्धता अन्त्यमा, अस्पतालका प्रतिनिधिहरूले दन्त स्वास्थ्य सेवा सबैका पहुँचमा पुग्नुपर्ने बताउँदै भने— “रोग कसैलाई नलागोस् । यदि लागि हाले पनि आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले हामीले विभिन्न चोक–चोक र विद्यालय–विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौँ।”

    अस्पतालले आगामी दिनहरूमा पनि समुदाय–लक्षित स्वास्थ्य कार्यक्रम, विद्यालयमा स्वास्थ्य शिक्षा, तथा गुणस्तरीय उपचार सेवालाई निरन्तरता दिने स्पष्ट प्रतिज्ञा व्यक्त गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ