Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

धनकुटा महोत्सवमा ६० वर्ष पुरानो फोटो प्रदर्शन


ग्लोबल पाना
शुक्रबार, माघ ६ २०७९
  • 297
    SHARES

  • images
    धनकुटा महोत्सवमा ६० वर्ष पुरानो फोटो प्रदर्शन

    काठमाडौं । साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्बिर प्रदर्शनी गरिएको छ । पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सवमा आज सुरु भएको फोटो पत्रकार महासङ्घ धनकुटाले उक्त तस्बिर प्रदर्शनीमा राखेको हो ।

    images
    images
    images

    प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ सम्म खिचेका ५२ पुराना तस्बिर र धनकुटाका पर्यटकीय गन्तव्यसहित एक सय चार तस्बिर प्रदर्शनीमा राखिएको छ । विदेशी नागरिक ब्राइन कोक, जे क्रस, पिटर भोन मेर्टेन्स, बिल हेन्सन, रिच फ्यू, बव निकोलस, जेम्स स्कोट, भोन मेर्टेन्स र डान प्रिसका तस्बिर प्रदर्शनीमा राखिएको हो ।

    ती तस्बिर धनकुटा नगरपालिका-७ का फोटो सङ्कलक सुरेन्द्र आठपहरियाले सङ्कलन गरेका हुन् । ती तस्बिरसहित धनकुटा जिल्लाका ८९ महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीमा राखिएको महासङ्घ शाखाका अध्यक्ष कविराज घिमिरेले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ