काठमाडौं । कृषि विकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा प्रदान गरिने तीन प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । इस्लामाबाद, पाकिस्तानमा बिहीबार आयोजित कार्यक्रममार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार’ (Best Presented Annual Report Award), ‘एकीकृत प्रतिवेदन पुरस्कार’ (Integrated Reporting Award) तथा ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ (SAARC Anniversary Award for Corporate Governance Disclosure 2024) ग्रहण गर्नुभयो ।
बैंकले प्राप्त गरेको यो उपलब्धि सार्वजनिक क्षेत्रका बैंकहरूबीच पारदर्शिता, उत्तरदायित्व र सुशासनको अभ्यासमा कृषि विकास बैंक अग्रणी रहेको प्रमाण भएको बताइएको छ । बैंकका अनुसार, लगातार उत्कृष्टता र गुणस्तरीय वित्तीय रिपोर्टिङका लागि गरिएको प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा मिळेको मान्यताले संस्थालाई अझ दिगो सुशासन र सेवा प्रभावकारिता अभिवृद्धितर्फ उकासेको छ ।
यसअघि पनि बैंकले चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ प्राप्त गरिसकेको छ, जसले वित्तीय पारदर्शिता र विश्वसनीयता कायम राख्न बैंकको निरन्तर प्रतिबद्धतामाथि थप विश्वास जगाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


