Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन


ग्लोबल पाना
शुक्रबार, माघ ६ २०७९
  • 220
    SHARES

  • images
    विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    भक्तपुर । गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी यात्रु र चालकदलका सदस्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आज भक्तपुरको पाँच तले मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरिएको छ ।

    images
    images
    images

    गैरसरकारी संस्था महासङ्घ, नेपाल रेडक्रस सोसाइटी, योग जिल्ला समन्वय समिति, पातञ्जल योग समिति भक्तपुर, टौमढी युथ क्लब, मानव कल्याण समाज, हनुुमन्ते नदीसफाइ अभियानलगायतका विभिन्न संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरिएको हो ।

    मृतक ७२ जनाको स्मरण गर्दै उनीहरुको आत्माको चीरशान्तिको कामनासहित दीप प्रज्वलन गरेर प्रार्थना गरेको पातञ्जल योग समितिका महासचिव नवराज काफ्लेले जानकारी दिए।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गैसस महासङ्घ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपानेलगायतले मृतकप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवाप्रति समवेदना प्रकट गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ