Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंककाे ५६औं वार्षिकोत्सव सम्पन्न


ग्लोबल पाना
शनिबार, माघ ७ २०७९
  • 364
    SHARES

  • images
    कृषि विकास बैंककाे ५६औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । कृषि विकास बैंकले आज एक समारोहकाबीच ५६औं वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भएको हो । उक्त अवसरमा श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपाली श्रमिकहरुका लागि मातृभूमि बचत खाता सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने धारणा राखे । “पछिल्ला वर्षमा कृषि क्षेत्रमा लगानी घट्टै गएको र अरु व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको छ । यो अवस्थामा क्रमशः सुधार हुँदै जाओस र कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रुपमा हामी देख्न पाऔंँ ।”, उनले भने ।

    बैंकको आर्थिक सामथ्र्य र परिस्थिति हेरेर कर्मचारीको सेवा सुविधाको विषयमा बैंक व्यवस्थापनले उपयुक्त निर्णय लिनुपर्ने अर्थमन्त्री पौडेलले स्पष्ट पारे । अहिले सरकार आफैले पनि खर्च कटौती गरेर मितव्ययी बन्न पहल गरिरहेको बेला बैंकले पनि आफ्नो वित्तीय स्वास्थ्यलाई ध्यानमा राख्नुपर्ने पौडेलको भनाइ छ । “मितव्ययिता, खर्च कटौती, सुविधा कटौतीका निमित्त सिङ्गो राष्ट्रलाई अपिल गर्नुपर्ने ठाउँमा म छु । हामीले कस्तो खर्च गरिरहेका छौँ र कति आम्दानी गर्ने सामथ्र्य हाम्रो छ भनेर हेर्न जरुरी छ। 

    त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकलाई कृषि क्षेत्रमा लगानी गर्ने प्रमुख बैंकका रुपमा केन्द्रीत गरिनुपर्ने बताए । “कृषि क्षेत्र लक्षित लगानी मात्र नभइ यस क्षेत्रमा तालिम दिने संस्थाका रुपमा विकास गर्नुपर्ने देखिएको छ । त्यसका लागि यो बैंकले नेतृत्व लिने र त्यसमा अरु संस्थालाई पनि सहभागी गराउन जरुरी छ ।”, उनले भने । कृषि क्षेत्रमा नयाँ तरिकाले लगानी गर्न खोज्नेका लागि नयाँ किसिमले वित्तीय लगानीका बाटो खोल्नुपर्ने उनको भनाइ छ ।

    उक्त अवसरमा नेपाल सरकारको नीति तथा कार्यक्रमलाई प्राथमिकता दिई संचालन गर्ने नीति अनुरुप सरकारको सहुलियतपूर्ण कार्यक्रम अन्तरगत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित यूवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवाहरुल परियोजनामा आधारित सहुलियत कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा लगायत विभि शीर्षक अन्तर्गत बिना धितो ३,५०५ जनालाई करिव रु २ अर्ब समेत गरी कुल १५,६०० भन्दा बढी ग्राहकलाई रु. २२ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेको जानकारी भएकाे छ ।

    बैंकले प्राथमिक पूँजीसम्मको ऋण संकलन अधिकार बमोजिम रु. २४ अर्ब रूपैयाँको कृषि बण्ड जारी गर्ने स्वीका १८ अर्बको कृषि बण्ड जारी गरिसकेको छ ।२८२ कार्यालय संजाल रहेको बैंकले आफ्ना संजालहरुबाट सम्पूर्ण बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ । बैंकको हाल कुल अधिकृत पूँजी रु २५ अर्ब, जारी तथा चुक्ता पुँजी रु १८ अर्ब ६२ करोड रहेको छन्त्याल यसमध्ये साधारण चुक्ता पुंजी रु १३ अर्व १८ करोड रहेको छ ।

    जसमा नेपाल सरकारको हिस्सा २१ प्रतिशत र करिव ३ सर्वसाधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत रहेको छ । यस्तै बैंकसंग नेपाल सरकारको लगानीमा रहेको मन्युमिनेटम इरडेमेल प्रिफरेन्स शेयर रु ४ अर्व ४३ करोड समेत रहेको छ ।

    आर्थिक वर्ष २०७८/७९ को लागि कर प्रयोजन समेत गरी ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर गरी कुल १३ प्रतिशत प्रतिफल शेयरधनीहरुलाई वितरण गर्ने संचालक समितिबाट निणर्य गरी नेपाल राष्ट्र बैंकमा पठाइएकोमा नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण प्रकाशन गर्ने अन्तिम स्वीकृत प्राप्त भएपश्चात वार्षिक साधरणसभाबाट अनुमोदन भएपछि सोही अनुसार वितरण हुने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ