Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कहाँ एपले सार्वजनिक गर्‍यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर


ग्लोबल पाना
शनिबार, मंसिर २७ २०८२
  • 375
    SHARES

  • images
    कहाँ एपले सार्वजनिक गर्‍यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर

    काठमाडौं । डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी बनेको कहाँ एपले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त प्रणालीले होस्टल सञ्चालनसँग सम्बन्धित दैनिक प्रशासनिक कामलाई डिजिटल, पारदर्शी र सहज बनाउँदै देशभरको होस्टल उद्योगलाई आधुनिक प्रविधितर्फ उन्मुख गर्ने उद्देश्य लिएको छ ।

    images
    images
    images

    पहिले नै कहाँ ट्यागमार्फत नेपालभरका घर, संस्था तथा व्यवसायहरूको डिजिटल ठेगाना व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गर्दै आएको कहाँ एपले विभिन्न सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै प्रविधिक सेवाको दायरा विस्तार गर्दै आएको छ । कम्पनीले ललितपुर महानगरपालिका, अन्य सरकारी तथा निजी निकायसँगका परियोजनासँगै नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी १०० पर्यटन गन्तव्यको डिजिटल प्रमोशन र लिस्टिङ समेत सम्पन्न गरिसकेको छ ।

    प्रविधि क्षेत्रमा यसको अनुभवलाई आधार मानेर कहाँ एपले अब होस्टल सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको हो । परीक्षणकालमै आधा दर्जनभन्दा बढी होस्टलले यो फिचर प्रयोग गरिसकेका छन् ।

    नयाँ फिचरका प्रमुख पक्षहरू

    विद्यार्थीको डिजिटल आवागमन ट्र्याकिङ

    विद्यार्थी कहिले होस्टल प्रवेश गर्छन् वा निस्कन्छन् भन्ने विवरण एपमा स्वचालित रूपमा अभिलेख हुने व्यवस्था गरिएको छ ।यसले सुरक्षा व्यवस्थालाई मजबुत बनाउनुका साथै व्यवस्थापन र अभिभावक दुवैलाई विश्वसनीय जानकारी प्रदान गर्छ ।

    स्वचालित हाजिरी व्यवस्थापन

    दैनिक हाजिरी अब कागजी दर्ता हटाई पूर्ण रूपमा एपमै सुरक्षित रूपमा राखिनेछ । आवश्यक रिपोर्ट व्यवस्थापकले एक क्लिकमै पाउने हुँदा समय र स्रोत दुवै बचत हुने कम्पनीले जनाएको छ ।

    सूचना तथा नोटिफिकेशन प्रणाली

    होस्टलका महत्वपूर्ण सूचना, नियम, शुल्क विवरण तथा आपतकालीन जानकारी विद्यार्थीले वास्तविक समयमा एपमार्फत प्राप्त गर्न सक्नेछन् । यसले सूचनाको पहुँच र पारदर्शिता दुवैलाई सुदृढ बनाउँछ । साथै सूचनाप्रणालीलाई निरन्तर सशक्त रूपमा सञ्चार हुने गरी विकास गरिएको छ ।

    अटोमेटिक बिलिङ र हिसाबकिताब

    होस्टल शुल्क, खाने–बस्ने खर्च तथा अन्य सेवासम्बन्धी बिल स्वतः तयार भई एपमै उपलब्ध हुन्छ । विद्यार्थीले तिर्न बाँकी शुल्क तथा भुक्तानी विवरण तत्काल हेर्न सक्ने सुविधा समावेश गरिएको छ ।

    भर्चुअल ३६०ड्ढ टुर तथा बेड बुकिङ

    विद्यार्थीले होस्टलको कोठा तथा बेडको ३६०ड्ढ दृश्य हेरेर उपलब्ध बेडको वास्तविक समय जानकारी प्राप्त गर्न सक्छन् । मनपर्ने कोठा वा बेड एपमै बुक गर्न सकिने भएकाले होस्टल खोज्ने प्रक्रिया झनै सहज हुने कम्पनीको दाबी छ । स्टुडेन्ट बुकिङ सिस्टम एपमा नजिकका तथा मनपर्ने होस्टलहरू खोज्न, विवरण हेर्न र अनलाइनकै माध्यमबाट बेड बुक गर्न सकिने सुविधा थप गरिएको छ ।

    स्मार्ट डोर बेल प्रणाली

    डिजिटल डोर बेलमार्फत होस्टलमा प्रवेश गर्ने पाहुना वा विद्यार्थीको गतिविधि व्यवस्थापकको एपमा वास्तविक समयमा सूचित हुन्छ, जसले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँछ ।

    कहाँ के हो ?

    मानिसहरुलाई हरेक स्थानको जानकारी दिन लोकेशन नेभिगेशन सहित विस्तृत विवरण दिन पृथक सोचेर सुरु गरीएको कहाँले विभिन्न स्थान, पर्यटन तथा सेवासम्बन्धी सम्पूर्ण जानकारी एउटै ठाउँमा उपलब्ध गराउने उद्देश्यसहित ‘कहाँ’ एप सार्वजनिक गरिएको थियो ।

    एपले लोकेशन, नेभिगेसनदेखि विस्तृत विवरणसम्म सहज रूपमा प्रदान गर्ने भएकाले प्रयोगकर्ताले कुनै पनि स्थान वा सेवासम्बन्धी आवश्यक जानकारी तुरुन्तै पाउन सक्नेछन् । यस एपमा रहेको ‘च्याट एन्ड बुक’ सुविधामार्फत रेस्टुरेन्ट, होटल तथा होस्टलसँग प्रत्यक्ष रूपमा सम्पर्क गरी तत्काल बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

    त्यस्तै, रेस्टुरेन्टहरूको मेनु लिस्टिङ र अनलाइन अर्डर प्रणालीले भोजन सेवाको पहुँचलाई थप आधुनिक बनाएको छ । प्रयोगकर्ताले कुनै स्थानमा जाने अघि नै भर्चुअल टुर र फोटो भ्यू मार्फत सम्पूर्ण दृश्यात्मक जानकारी प्राप्त गर्न सक्छन् । साथै, एपले नेपाली भाषामा विभिन्न हेरिटेज तथा सम्पदाका आधिकारिक विवरण उपलब्ध गराउँछ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई ठोस र विश्वसनीय सामग्री प्रदान गर्छ ।

    स्क्यान प्रणाली (Scan System) मार्फत कुनै स्थान वा सेवासम्बन्धी क्यूआर कोड स्क्यान गरेलगत्तै सम्बन्धित विवरण देखिनेछ भने जिओफेन्सिङ अलर्ट सुविधाले प्रयोगकर्ता निश्चित स्थानमा पुगेपछि स्वत ः सूचना प्रदान गर्नेछ ।

    कहाँ एपमा व्यवसाय, होटल, होस्टल, सम्पदा तथा सेवा प्रदायकहरूको डिजिटल प्रोफाइलिङ समेटिएको छ, जसले सम्पूर्ण सेवा क्षेत्रलाई एकीकृत डिजिटल प्लेटफर्ममा ल्याउने अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ