Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न


ग्लोबल पाना
शनिबार, माघ ७ २०७९
  • 245
    SHARES

  • images
    राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको तिन दिने आधारभूत तालिम सम्पन्न भएकाे छ ।

    images
    images
    images

    कम्पनीले उक्त तालिम माघ ३ गते देखि माघ ५ गते सम्म युनियन हाउस अनामनगरमा संचालन गरेको थियो । तालिममा संस्थानका कर्मचारी र बरिष्ठ अभिकर्ताहरुले प्रशिक्षण दिएकाे बजार व्यस्थापन विभागका सहायक व्यस्थापक सुजित प्रसाद शाहले बताउनु भयाे ।

    नेपाल बीमा प्राधिकरणको नयाँ मापदण्ड अनुसार  तालिम पश्चात इजाजत पत्र लिनका लागि परीक्षा  लिईएकाे थियाे । उल्लेखनीय रुपमा सहभागीता रहेकाे अनुसार अरु बीमा कम्पनीका अभिकर्ताहरु पनि राष्ट्रिय बीमा संथानालाई नै छनौट गरि उत्साहितका साथ सामेल भएका थिए ।

    राष्ट्रिय बीमा संस्थानका प्रशासक कबि प्रसाद पाठकले तालिमको प्रमाण पत्र वितरण गर्नु भएकाे थियो भने समापन बजार व्यस्थापन विभाग प्रमुख दिपा अधिकारीले गर्नु भएकाे हाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ