Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच युवा उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य


ग्लोबल पाना
शुक्रबार, पुस ४ २०८२
  • 293
    SHARES

  • images
    सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच युवा उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य

    काठमाडौं । सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोशल बिजनेस ९ल्क्द्य० सँग सहकार्य गरेको छ । नेपाल सोशल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ्ग अधिकृत (Chief Marketing Officer) सुरेशराज महर्जनले यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवद्र्धन तथा दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उल्लेख गर्नु भएको थियो ।

    images
    images
    images

    त्यसैगरी नेपाल सोशल बिजनेसका तर्फबाट श्री निर्भाण चौधरीले रणनीतिक लगानी, मार्गदर्शन तथा दीर्घकालीन सहयोगमार्फत सामाजिक उद्यमलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोशल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमहरूलाई सहयोग गरी समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्याउँदै आएको जानकारी दिनु भएको थियो ।

    यस्ता प्रभावमूलक उद्यमहरूको सशक्तिकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ । प्रभावमुखी उद्यमीहरूलाई प्रवद्र्धन गर्दै उहाँहरूलाई विस्तार र सुदृढीकरण गर्न निरन्तर क्रियाशील रहँदै आएको नेपाल सोशल बिजनेसको पहल तथा उद्देश्यप्रति समर्थन जनाउँदै सिद्धार्थ बैंक लिमिटेडले उद्देश्य–केन्द्रित उद्यमहरूको सशक्तिकरणमार्फत समग्र देशको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धताका साथ बैंकले आगामी दिनहरूमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिन बैंक सधैं सकारात्मक रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ