Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जीप दुर्घटना : ४ जनाकाे मृत्यु , १ जना घाइते


ग्लोबल पाना
आइतबार, माघ ८ २०७९
  • 214
    SHARES

  • images
    जीप दुर्घटना : ४  जनाकाे मृत्यु , १ जना घाइते

    सुर्खेत । सुर्खेतमा  जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन्।

    images
    images
    images

    गएराति साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका-११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको हो ।

    दुर्घटनामा जीप चालक वीरेन्द्रनगर-७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका-५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका-३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका-३ का ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    यस्तै, २५ वर्षका भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाही भने घाइते हुनुभएको छ । उहाँको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ