Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित


ग्लोबल पाना
बुधबार, पुस ९ २०८२
  • 335
    SHARES

  • images
    डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित

    काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड 'Excellence in Digital Transactions Fy 2081/82' र 'Excellence in Nepalpay eR Transaction Fy 2081/82' बाट सम्मानित भएको छ ।

    images
    images
    images

    आ.व. २०८१/०८२ मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा QR कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो । मिति २०८२ पौष ०८ गते, मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।

    समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ । विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।

    हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ