Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

किसान, बैंक र सरकार एउटै मञ्चमा : मुक्तिनाथ विकास बैंकको Agri-Finance 360 सम्पन्न


ग्लोबल पाना
शुक्रबार, पुस १८ २०८२
  • 498
    SHARES

  • images
    किसान, बैंक र सरकार एउटै मञ्चमा : मुक्तिनाथ विकास बैंकको Agri-Finance 360 सम्पन्न

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो २०औँ वर्ष प्रवेशको अवसरमा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि तथा किसानको दिगोपनामा योगदान पुर्‍याउने उद्देश्यसहित “Muktinath Agri-Finance 360” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन परियारले कृषि क्षेत्रको समग्र विकासका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र किसानबीच उत्प्रेरणात्मक वातावरण निर्माण आवश्यक रहेको बताउनु भयाे । उहाँले कृषि लगानी विस्तार र कर्जा गुणस्तर सुदृढ गर्न क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृंखलामा समन्वय तथा सहकारी र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयाे ।

    images
    images
    images

    साथै महिला–मैत्री कृषि, प्रविधिसँग जोडिएको युवा लक्षित स्वरोजगार, साना किसानको वित्तीय पहुँच विस्तार र स्तरोन्नतिका लागि सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले छिट्टै नयाँ कृषि नीति ल्याउने तयारी गरिरहेको जानकारी पनि दिनुभयाे ।

    विशेष अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको पूर्ण मूल्य शृंखला विकासमा राज्य, निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सहकार्य अपरिहार्य रहेको बताउनु भयाे । उहाँले बैंक तथा वित्तीय संस्थाहरूले कृषि सम्बन्धी सहायक कम्पनी स्थापना गरी मूल्य शृंखला सुदृढ गर्न सक्ने सुझाव दिँदै यसमा नेपाल राष्ट्र बैंकको समन्वय आवश्यक रहेको धारणा राख्नुभयाे ।

    कार्यक्रममा की–नोट वक्ताका रूपमा बैंकिङ्ग विशेषज्ञ अजय श्रेष्ठले “नेपालमा कृषि उद्यम लगानीका चुनौती र अवसर” विषयमा प्रस्तुति दिनु भयाे । उहाँले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, न्यून उत्पादकत्व र संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याउनु भयाे । साथै डिजिटल वित्तीय सेवा, वैकल्पिक कर्जा मूल्याङ्कन प्रणाली, मूल्य शृंखला विस्तार, कृषि बीमा र निजी क्षेत्रसँगको सहकार्यलाई सम्भावनाका रूपमा प्रस्तुत गर्नुभयाे ।

    त्यसैगरी “नेपालमा कृषि उद्यम कसरी फस्टाउन सक्छ?” विषयमा प्यानल छलफल आयोजना गरिएको थियो। छलफलको संयोजन बैंकिङ्ग विशेषज्ञ भुवन दाहालले गरेका थिए भने प्यानलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका अध्यक्ष डिबी बस्नेत तथा कृषक उद्यमी बिमला आचार्य दहाल सहभागी रहनु भएकाे थियाे ।

    प्यानल छलफलबाट कृषि क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकतामा राख्ने, कर्जा जोखिम व्यवस्थापनमा नीतिगत सुधार गर्ने, वित्तीय संस्थालाई उत्प्रेरणात्मक वातावरण दिने, मूल्य शृंखलामा आधारित सहकार्य प्रवर्द्धन गर्ने, प्रदेशस्तरमा भण्डारण, नमूना खेती र बजार सुनिश्चित गर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने तथा प्रविधिमैत्री कृषि विकासमा जोड दिनुपर्ने निष्कर्ष निकालिएको थियो । कार्यक्रममा नेपाल सरकारका कृषि निकाय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैरसरकारी संस्था, विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता, कृषि सहकारी, उद्यमी, निजी क्षेत्र र सञ्चारकर्मी गरी करिब ३५० जनाको सहभागिता रहेको थियो ।

    बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक उमेश कुमार आचार्यले राखेका थिए भने कार्यक्रमको समापन टिप्पणी प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गर्नु भएकाे थियाे । बैंकिङ्ग क्षेत्रमा सम्भवतः पहिलो पटक आयोजना गरिएको यस किसिमको कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याई भविष्यको मार्गचित्र कोर्न सफल भएको भन्दै यसलाई कृषि वित्तको क्षेत्रमा एक कोशेढुंगाका रूपमा लिइएको छ ।

    मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्रामीण समृद्धि, वित्तीय समावेशीकरण र कृषि उद्यम प्रवर्द्धनमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ