Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सुपर मादी हाइड्रोपावरकाे आईपीओ खुल्याे, आजै देखि आवेदन सुरु


ग्लोबल पाना
सोमबार, माघ ९ २०७९
  • 280
    SHARES

  • images
    सुपर मादी हाइड्रोपावरकाे आईपीओ खुल्याे, आजै देखि आवेदन सुरु

    काठमाडौं । आज सुपर मादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    images
    images
    images

    लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    कम्पनीले जारी पुँजी दुई अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने निणर्य गरेको थियो । त्यसमध्ये दुई लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।

    यस्तै, सामूहिक लगानी कोषलाई एक लाख पाँच हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयलाई पनि १० लाख ५० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ । ४२ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ ।

    सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ३३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

    आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ