Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न


ग्लोबल पाना
बिहीबार , पुस २४ २०८२
  • 276
    SHARES

  • images
    एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०८२ पौष २४ गते बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाण्डौंमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images
    images
    images

    एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष, श्री मनोज कुमार गोयल ज्यूको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्‌नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गर्नुभएको थियो ।

    एनएमबि बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै रु. २८३.६५ अर्ब निक्षेप संकलन र रु. २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ