Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मनाङमा चिसोका कारण विकास र निर्माणमा समस्या


ग्लोबल पाना
सोमबार, माघ ९ २०७९
  • 214
    SHARES

  • images
    मनाङमा चिसोका कारण विकास र निर्माणमा समस्या

    काठामाडौं । भौगोलिक  विकटताका कारण प्राकृतिक सुन्दरताले भरपूर हिमाली जिल्ला मनाङको विकास र  निर्माणकामा असर परेको छ । जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाईभन्दा बढी समय निर्माणकार्य गर्न नसकिने पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताए । वातावरण प्रतिकूल रहने  भएकाले बाँकी समय (चार पाँच महिना) मात्र काम गर्न सकिन्छ ।   
      
    वर्षाका कारण  बेँसी   शहर-चामे-मनाङ-खाङ्सार सडक खण्डको अधिकांश स्थानमा माल्याण्ड स्लाईड, रक फल तथा काठे पुल भत्कदा यातायात सोवा  अवरुद्ध हुने र काम गर्नुपर्ने बेलामा निर्माण सामग्री ढुवानीमा कठिनाइ हुने गरेको उनको भनाइ थियो । 

    images
    images
    images

    सामग्री ढुवानीमा कठिनाई हुँदा कतिपय सालबसाली योजना समयमै सम्पन्न गर्न समस्या हुने र बजेट फ्रिज भएर जाने गरेको छ । “चिसोका कारण माथिल्लो मनाङ (ढिकुर पोखरी, पिसाङ, हुम्दे, ङावल, मनाङ, खाङसार) मा यतिबेला तापक्रम माइनसमा पुग्छ, यसले गर्दा सम्पूणर् विकास निर्माणका काममा प्रत्यक्ष असर पारेको छ, निर्माणको कम पूणर् रुपमा ठप्प छ”, प्रमुख विष्टले भने, “तल्लो बेल्ट ९थानचोक, स्यालक्यु, १५ तिमाङ, दानाक्यु, बगरछाप, ओडार, ताचै, धारापानी, थोँचे, तिल्चे, नाचै, ताल, घेराङलगायत स्थानमा भने हालसम्म पनि फाटफुट काम भइरहेको छ ।”
        
    हालसम्म यहाँ हिमपात नभए पनि अब यहाँ हिमपात हुने सम्भावना बढेकाले कम मात्रामा रहेका   कार्यसमेत अवरुद्ध हुनसक्ने उनले बताए । यहाँ १२ महिनामा बढीमा चारदेखि पाँच महिनामा मात्रै निर्माणको काम सहजरुपमा गर्न सकिन्छ । 
            
    स्थानीयवासी जाडो छल्न  बेँसी झर्नु अनि वसन्तको आगमनसगै उकालो चढ्नु मनाङवासीको पुरानो रीत  हो। विशेषगरी माथिल्लो मनाङ (सदरमुकाम चामेभन्दा माथि)का बासिन्दा यतिबेला भेटिन मुस्किल हुन्छ तर तल्लो मनाङ (सदरमुकाम चामे भन्दा ताल) भने कम मात्रामा स्थानीयवासी रहेका र त्यहाँ अहिले पनि निर्माणका कार्य आंशिक रुपमा भइरहेको बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ