Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सफलतापूर्वक सम्पन्न


ग्लोबल पाना
बिहीबार , माघ ८ २०८२
  • 282
    SHARES

  • images
    इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सफलतापूर्वक सम्पन्न

    काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा अभियान अन्तर्गत आफ्‌ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ ।

    images
    images
    images

    यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवद्र्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्‌नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । उक्त तालिम सत्र इनड्राइभका ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमहरूको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरण सम्बन्धी आवश्यक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

    यसले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ । नियमित तथा गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकता दिँदै, इनड्राइभले आफ्‌ना ड्राइभरहरू केवल आर्थिक रूपमा मात्र होइन, आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौतीहरू सामना गर्न सक्षम बन्ने सुनिश्चित गर्न चाहन्छ । यस पहलको एक प्रमुख विशेषता भनेको इनड्राइभले आफ्‌नो विशिष्ट ‘स्वतन्त्र छनोट’ मोडेलमाथि दिएको विशेष जोड हो ।

    यो मोडेलले ड्राइभरहरूलाई प्लेटफर्मभित्र काम गर्दा यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्दछ । सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै, इनड्राइभले सुरक्षा वा सेवाको गुणस्तरमा कुनै सम्झौता नगरी ड्राइभरहरूले आफ्‌ना यात्रामा नियन्त्रण कायम राख्न सक्ने एक दिगो र न्यायपूर्ण मोबिलिटी प्रणालीलाई निरन्तर प्रवद्र्धन गरिरहेको छ । सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्रलाई नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए ।

    यस क्रममा उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायहरूबीचको सहकार्य तथा साझा जिम्मेवारीको महत्वमाथि जोड दिएका थिए । इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, “इनड्राइभका लागि चालक साझेदारहरूको सशक्तिकरण केवल प्रविधि उपलब्ध गराउने वा आम्दानीको अवसर सिर्जना गर्ने विषयमा सीमित छैन । यो जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।

    यस्ता सुरक्षा तालिमहरूले चालकहरूलाई यात्रु तथा आफ्‌नो सुरक्षाप्रति सचेत रहँदै, सूचित र जिम्मेवार निर्णय लिन सक्षम बनाउँछ ।” उनले थप भनिन्, “यस्ता पहलहरुमार्फत हामी चालकहरूलाई अझ आत्मविश्वासी, सचेत र पेशागत बनाउँदै लैजान चाहन्छौं, जसको प्रत्यक्ष प्रभाव समग्र यात्रु अनुभवमा पनि सकारात्मक रूपमा देखिन्छ । इनड्राइभमा हामी सुरक्षा, पारस्परिक सम्मान, विश्वास र विश्वस्तरीय सेवा मापदण्डलाई केन्द्रमा राख्दै समुदाय निर्माणमा प्रतिबद्ध छौं । दीर्घकालीन रूपमा, नेपालको मोबिलिटी इकोसिस्टमलाई अझ सुरक्षित, समावेशी र दिगो बनाउनु नै हाम्रो साझा लक्ष्य हो ।”

    इनड्राइभले आफ्‌ना ड्राइभर पार्टनर्सको निरन्तर समर्पण, जिम्मेवारीबोध र व्यावसायिकता लाई उच्च सम्मान गर्दै आएको छ। यात्रुहरूलाई हरेक दिन सुरक्षित, सहज र भरपर्दो यात्रा अनुभव प्रदान गर्न ड्राइभर पार्टनर्सले खेलेको भूमिकाको इनड्राइभले हार्दिक कदर र प्रशंसा गर्दछ । ड्राइभर पार्टनर्स नै इनड्राइभ सेवाको मेरुदण्ड भएकाले, उनीहरूको सुरक्षा, सीप विकास र सशक्तीकरण कम्पनीको प्राथमिकतामा सधैं रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    यस पहलमार्फत इनड्राइभले नेपालमा समावेशी, सहयोगी र सशक्त राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्‌नो दृष्टिकोणलाई पुनः पुष्टि गरेको छ, जहाँ सुरक्षा, शिक्षा र छनोटको स्वतन्त्रता एक–अर्कासँग समन्वयमा अघि बढ्छन् । यात्रु र चालक दुवैका लागि पारदर्शी, निष्पक्ष र विश्वासयोग्य प्लेटफर्म निर्माण गर्दै, इनड्राइभले सुरक्षित यात्राको संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

    “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियानले चालकहरूलाई प्रेरित र सशक्त बनाउनुका साथै सडक सुरक्षाप्रति व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राख्दछ । यसले इनड्राइभले सेवा प्रदान गर्ने समुदायहरूमा सकारात्मक, दिगो र अर्थपूर्ण प्रभाव सिर्जना गर्ने निरन्तर प्रयासहरूको अर्को महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ, जसले जिम्मेवार यात्रा र सुरक्षित सडकको साझा दृष्टिकोणलाई अझ सुदृढ बनाउँछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ