काठमाडौं । नेपालमा Google Workspace को अधिकृत प्रत्यक्ष रिसेलर रहेको टेलि डिजिटल सर्भिसेस प्रा. लि. ले अनधिकृत सदस्यतासँग सम्बन्धित खाता निलम्बनका घटनाहरू बढ्दै गएपछि देशभरका संस्थाहरूलाई तत्काल सतर्कता अपनाउन आग्रह गरेको छ ।
कम्पनीका अनुसार गुगलको अधिकृत रिसेलर संरचनाबाहिर सञ्चालन हुने विक्रेतामार्फत अनजानेमा सदस्यता खरिद गरेका व्यवसायहरूले अचानक सेवा अवरोध, इमेल तथा साझा ड्राइभमा पहुँच प्रतिबन्ध र गम्भीर सञ्चालन अवरोधको सामना गरिरहेका छन् । केही अवस्थामा संस्थाभित्र पूर्व जानकारी नै नदिई कारबाही प्रक्रिया अघि बढेको समेत पाइएको छ । नेपालका लागि Google Workspace को आधिकारिक सूचीबद्ध दर प्रति प्रयोगकर्ता प्रति महिना ७ अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ ।
प्रति प्रयोगकर्ता प्रति महिना ७ डलरभन्दा कम मूल्यमा उपलब्ध गराइने सदस्यतालाई गम्भीर चेतावनी संकेतका रूपमा लिनुपर्ने कम्पनीको भनाइ छ । यस्तो मूल्य निर्धारणले सदस्यता गुगलको स्वीकृत लाइसेन्स तथा वितरण संरचनाअन्तर्गत नहुन सक्ने संकेत गर्ने बताइएको छ। केही अवस्थामा शिक्षा प्रयोजनका लागि मात्र मान्य योजनाहरू गैर–शैक्षिक संस्थाहरूलाई छुट दरमा उपलब्ध गराइएको पनि भेटिएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार यस्तो व्यवस्था गुगलको लाइसेन्स नीतिअनुरूप नहुन सक्ने र यसले कारबाहीको जोखिम उल्लेखनीय रूपमा बढाउन सक्छ । धेरै व्यवसायहरूले जानाजानी नीति उल्लङ्घन नगरे पनि सेवा सर्त उल्लङ्घन भएमा खाता निलम्बन तथा सम्भावित डाटा गुम्ने जोखिम रहन्छ। एकपटक कारबाही लागू भएपछि व्यवसाय निरन्तरता तुरुन्त प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।
टेलि डिजिटल सर्भिसेसका व्यवसाय तथा मार्केटिङ प्रमुख निखिल खेराडीले धेरै संस्थाहरू जानकारी अभावका कारण समस्यामा परेको बताउँदै आफ्नो वर्कस्पेस सदस्यता तुरुन्त परीक्षण गर्न आग्रह गरे । उनका अनुसार कम्पनीको टोलीले हालको अवस्था मूल्यांकन, वैध सदस्यतामा सहज स्थानान्तरण तथा सञ्चालन जोखिम न्यूनीकरणमा सहयोग गर्न सक्नेछ ।
त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नवांकुर सूदले वर्कस्पेस लाइसेन्स बिक्रीभन्दा बाहिर गएर नेपाली व्यवसायहरूको डिजिटल भविष्य सुरक्षित बनाउने लक्ष्य रहेको बताए । उनले अनधिकृत योजनाका कारण उत्पन्न समस्या टार्न सकिने विषय भएको उल्लेख गर्दै सुरक्षित, वैधानिक र दिगो प्रविधि प्रणाली निर्माणमा कम्पनी प्रतिबद्ध रहेको बताए ।
हाल टेलि डिजिटल सर्भिसेसले खाता निलम्बन मूल्यांकन, सहज स्थानान्तरण सहयोग, नियमअनुरूपता समीक्षा तथा निरन्तर प्राविधिक सहयोग र खाता व्यवस्थापन सेवा प्रदान गरिरहेको जनाएको छ । कम्पनीले प्रति प्रयोगकर्ता प्रति महिना ७ डलरभन्दा कम दरमा सदस्यता प्रयोग गरिरहेका वा आफ्नो सदस्यताको स्रोतबारे अनिश्चित रहेका संस्थाहरूलाई ढिलाइ नगरी सत्यापन गर्न कडा सिफारिस गरेको छ ।
कम्पनीका अनुसार टेलि डिजिटल सर्भिसेस नेपालमा Google Workspace सदस्यता बिक्री, स्थापना तथा प्राविधिक सहयोग प्रदान गर्न प्रमाणित संस्था होM। वित्तीय सेवा, शिक्षा, स्वास्थ्य, खुद्रा व्यापार तथा व्यावसायिक सेवा क्षेत्रका ६० भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


