Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विश्व उपभोक्ता अधिकार दिवस–२०८२: उपभोक्ता अधिकार संरक्षणमा जोड, आर्थिक पत्रकार प्रेेम प्रसाद पाैडेल सम्मानित


ग्लोबल पाना
आइतबार, चैत १ २०८२
  • 176
    SHARES

  • images
    विश्व उपभोक्ता अधिकार दिवस–२०८२: उपभोक्ता अधिकार संरक्षणमा जोड, आर्थिक पत्रकार प्रेेम प्रसाद पाैडेल सम्मानित

    काठमाडौं । “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस–२०८२ को अवसरमा काठमाडौंमा मूल समारोह कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने विषयमा जोड दिइएको हो । कार्यक्रम Department of Commerce, Supplies and Consumer Protection को आयोजनामा सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि उधाेग, बाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हा, उधाेग, बाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकाेटि, उधाेग, बाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक राेशन ज्ञवाली सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । वक्ताहरूले बजारमा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने, उपभोक्तालाई सचेत बनाउने र प्रभावकारी बजार अनुगमन आवश्यक रहेकोमा जोड दिएका थिए ।

    आर्थिक पत्रकार प्रेेम प्रसाद पाैडेल सम्मानित दिवसको अवसरमा उपभोक्ता अधिकार तथा आर्थिक क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरूलाई सम्मान पनि गरिएको छ । सो क्रममा प्रेेम प्रसाद पाैडेल (EconomicKhabar.com) सहित विभिन्न आर्थिक सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई सम्मान गरिएको हो । आर्थिक पत्रकारहरूले बजार, उपभोक्ता अधिकार तथा आर्थिक गतिविधिका विषयमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

    विश्वव्यापी रूपमा मनाइने दिवस हरेक वर्ष मार्च १५ मा विश्वभर World Consumer Rights Day मनाइन्छ । उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि पछिल्ला वर्षहरूमा बजार अनुगमन, उपभोक्ता सचेतना तथा गुणस्तरीय वस्तु–सेवाको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ