Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विपद्पीडित कुकुर र बिरालाका लागि फेरि पुग्यो सहयोग, Temple Dog Rescue, IFAW र NAWES को पहल


ग्लोबल पाना
मंगलबार, असोज २७ २०८३
  • 168
    SHARES

  • images
    विपद्पीडित कुकुर र बिरालाका लागि फेरि पुग्यो सहयोग, Temple Dog Rescue, IFAW र NAWES को पहल

    रसुवा । विपद्का कारण भोक र अभावमा रहेका सामुदायिक कुकुर तथा बिरालाका लागि रसुवाको टिमुरेमा पुनः खाद्य सामग्री पुर्‍याइएको छ । सडक तथा स्थलमार्ग अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा रहेका जनावरसम्म सहयोग पुर्‍याउन कठिन भइरहेको अवस्थामा Temple Dog Rescue को पहल, International Fund for Animal Welfare (IFAW) को सहयोग र नेपाल पशु कल्याण तथा वातावरण समाज (NAWES) को समन्वयमा सहयोग अभियानलाई निरन्तरता दिइएको हो ।

    images
    images
    images

    बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण मानिससँगै जनावरहरू पनि खाना र पानीको अभावमा कठिन अवस्थामा पर्ने गरेका छन् । मानिसका लागि उद्धार तथा राहतका प्रयास भइरहँदा आफ्नो भोक र पीडा व्यक्त गर्न नसक्ने सामुदायिक कुकुर तथा बिरालाहरू प्रायः ओझेलमा पर्ने गर्छन् । यस्तो अवस्थामा प्रभावित जनावरको जीवन रक्षा र कल्याणलाई ध्यानमा राख्दै उनीहरूका लागि खाद्य सामग्री पुर्‍याइएको हो ।

    IMG-20261012-WA0156.jpg

    यसअघि रसुवाको स्यार्फुवेशीमा पनि लामो समयदेखि खान नपाएका करिब ६० देखि ७० वटा सामुदायिक कुकुरका लागि खाद्य सामग्री पुर्‍याइएको थियो । सडक सम्पर्क विच्छेद भएका कारण प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन कठिन भइरहेका बेला Temple Dog Rescue र IFAW को सहकार्य तथा NAWES को समन्वयमा सरकारी निकाय र विश्व खाद्य कार्यक्रम (WFP) सँग सहकार्य गरी हेलिकप्टरमार्फत दुर्गम क्षेत्रमा रहेका कुकुरसम्म खाद्य सामग्री पुर्‍याउन सहजीकरण गरिएको थियो ।

    IMG-20261013-WA0034.jpg

    स्यार्फुवेशीपछि टिमुरेसम्म पनि सहयोग विस्तार गरिनुले विपद्का समयमा जनावरको जीवन र कल्याणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ । कठिन भौगोलिक अवस्था र यातायात अवरोधका बीच सम्बन्धित संस्था तथा निकायबीचको सहकार्यले प्रभावित जनावरसम्म आवश्यक खाद्य सामग्री पुर्‍याउने प्रयासलाई निरन्तरता दिन सहयोग पुगेको छ । विपद्को असर मानिसमा मात्र सीमित हुँदैन । बाढी तथा पहिरोका कारण जनावरको बासस्थानमा क्षति पुग्ने, खाना र पानीको पहुँच बन्द हुने तथा सुरक्षित स्थानमा जान नसक्ने अवस्था सिर्जना हुन्छ ।

    IMG-20261013-WA0074.jpg

    विशेषगरी सामुदायिक कुकुर र बिरालाहरू नियमित हेरचाह तथा खानाको पहुँचबाट वञ्चित हुँदा थप जोखिममा पर्न सक्छन् । विपद्का बेला जनावरको संरक्षण र कल्याणलाई पनि राहत तथा उद्धारको अभिन्न हिस्साका रूपमा समेट्न आवश्यक छ ।

    IMG-20261013-WA0053(1).jpg

    Temple Dog Rescue, IFAW र NAWES को सहकार्यमा अघि बढाइएको यस अभियानले विपद्पीडित जनावरको मौन पीडा सम्बोधन गर्न संस्थागत सहकार्यको महत्त्व देखाएको छ । समयमै खाना, पानी र आवश्यक सहयोग पुर्‍याउन सके विपद्का कारण जोखिममा परेका निर्दोष जीवहरूको जीवन रक्षा गर्न महत्त्वपूर्ण योगदान पुग्न सक्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ