काठमाडौं । गायक नवीन पौडेल को सुमधुर स्वरमा सजिएको नयाँ गीत घुम्न जाउँ मायालु सार्वजनिक भएको छ । गायिका गीता भट्टराई सँगको युगल स्वरमा रहेको उक्त गीतले प्रेम र यात्राको भावलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ ।
शब्द, संगीत र दृश्य संयोजनको सन्तुलनले गीतलाई अझ प्रभावशाली बनाएको छ भने भिडियोमा देखाइएको दृश्यहरूले दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको छ ।
विशेषगरी नवीन पौडेलको मिठासपूर्ण आवाज, स्पष्ट उच्चारण र भावपूर्ण प्रस्तुति गीतको मुख्य आकर्षणका रूपमा देखिएको छ । उनका फ्यान तथा संगीतप्रेमीहरूले गीतलाई सकारात्मक प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमार्फत प्रशंसा व्यक्त गरिरहेका छन् ।
गीत सार्वजनिक भएसँगै नवीन पौडेलले दर्शकको साथ र माया नै आफ्नो सबैभन्दा ठूलो प्रेरणा भएको उल्लेख गर्दै गीतप्रतिको सकारात्मक प्रतिक्रियाले आफूलाई अत्यन्त खुशी मिलेको बताएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


