Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विभागीय कार्य सम्पादन प्रणालीको स्थलगत अनुगमनमा कार्यवाहक प्रमुख डंगोल


ग्लोबल पाना
बुधबार, चैत ११ २०८२
  • 264
    SHARES

  • images
    विभागीय कार्य सम्पादन प्रणालीको स्थलगत अनुगमनमा कार्यवाहक प्रमुख डंगोल

    सेवाग्राहीमैत्री विद्युतीय प्रणाली विकासमा जोड

    काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विभाग स्तरीय कार्य सम्पादन प्रणालीको अनुगमन सुरु गर्नुभएको छ । मंगलबारदेखि सूचना प्रविधि विभागबाट अनुगमन सुरु भएको हो । अनुगमनका क्रममा डेस्कमा भएका अधिकारीहरुले गरिरहेको काम, त्यससँग सम्बन्धित प्रक्रिया, जिम्मेवारी, कार्यभार, कार्य वातावरण, अनुभूति गरेका समस्या, देखिएका चुनौती सामना गर्ने विधिलगायत विषयमा जानकारी लिनुभएको थियो ।

    images
    images
    images

    विद्युतीय सेवाका लागि सञ्चालनमा रहेका प्रणाली, काम गर्दा सिर्जना भएका तथ्याङ्क, तथ्याङ्कहरुको विश्लेषण प्रक्रिया, भण्डारण क्षमता, सार्वजनिक गर्नु पर्नु सूचना तथा विवरणहरुको स्वतः वितरणका विषयमा कार्यवाहक डंगोलले जानकारी माग गर्नुभएको थियो । त्यस क्रममा विभागीय प्रमुख अनिरुद्र नेपालले विभागीय गतिविधिका विषयमा जानकारी गराउँदै यस अघि तयार र सञ्चालन गरिएका प्रणालीलाई एकीकृत गराउने, डाटा सेन्टर सञ्चालन गर्ने, विद्यालयमा इहाजिरी कार्यान्वयन गर्ने, सीसीटिभी जडान, इहाजिरी, इशिफारिस, इटिप्पणीलाई प्रभावकारी कार्यान्वयन गर्ने काम प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।

    महाशाखा प्रमुख अशोक श्रेष्ठले जग्गा प्रशासन र घर नम्बरिङ्सँग सम्बन्धित प्रणालीका विषयमा जानकारी गराउनुभएको थियो । जग्गा प्रशासन कार्यान्वयन चरणमा छ । घर नम्बरिङ्का लागि डेक्समा गरिने काम करिब ३० दिनभित्र सम्पन्न हुनेछ चरणमा छ ।

    त्यस क्रममा सूचना प्रविधि अधिकृत माधव खनालले, सफ्टवेयर डिभलपमेन्ट एण्ड अपरेसन सेन्टरमा भइरहेका कामका विषयमा जानकारी गराउनुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ