Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

Omoda E5 Pro नेपाली बजारमा, सुरुआती ५० ग्राहकलाई विशेष अफर


ग्लोबल पाना
आइतबार, जेठ १७ २०८३
  • 339
    SHARES

  • images
    Omoda E5 Pro नेपाली बजारमा, सुरुआती ५० ग्राहकलाई विशेष अफर

    काठमाडौं । नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापा प्रमुख अतिथि तथा सञ्चारकर्मी प्रकाश सुवेदी विशेष अतिथि रहेको कार्यक्रममा नेपालका लागि Omoda & Jaecoo ब्रान्डको आधिकारिक वितरक SPG Automobiles ले नयाँ विद्युतीय एसयूभी Omoda E5 Pro नेपाली बजारमा सार्वजनिक गरेको छ । कार्यक्रममा कम्पनीका प्रतिनिधि रुपेश भट्ट ले गाडीका विशेषता, अत्याधुनिक प्रविधि, सुरक्षा प्रणाली तथा नेपाली बजारका लागि यसको उपयुक्तताबारे विस्तृत प्रस्तुति दिएका थिए ।

    images
    images
    images

    यसअघि १,५०० भन्दा बढी युनिट बिक्री भइसकेको Omoda E5 को सफलतालाई निरन्तरता दिने लक्ष्यसहित कम्पनीले नयाँ संस्करण बजारमा ल्याएको जनाएको छ ।नयाँ Omoda E5 Pro मा 50.7 kWh क्षमताको ब्याट्री, 99 kW क्षमताको इलेक्ट्रिक मोटर तथा 288 Nm टर्क रहेको छ । कम्पनीका अनुसार यसले 350 किलोमिटर WLTP रेन्ज प्रदान गर्छ । 191 मिमि ग्राउन्ड क्लियरेन्स र 18 इन्च एलोय ह्विलका कारण नेपाली सडक अवस्थाका लागि उपयुक्त हुने दाबी गरिएको छ ।

    गाडीको बाह्य डिजाइन Omoda को ‘फ्युचरिस्टिक डिजाइन फिलोसोफी’मा आधारित रहेको छ । यसमा बोल्ड फ्रन्ट फेसिया, एरोडाइनामिक प्रोफाइल तथा ‘Phantom Wing’ टेललाइट समावेश गरिएको छ । भित्री भागमा प्रिमियम क्याबिन, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर सामग्री र आधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले जनाएको छ ।

    फिचरका रूपमा ड्राइभर मसाज सिट, 8 वटा Sony स्पिकरसहितको इमर्सिभ अडियो सिस्टम तथा 15.6 इन्चको वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले उपलब्ध छ। सुरक्षातर्फ 19 भन्दा बढी ADAS (Advanced Driver Assistance System) फिचर र 540 डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली समावेश गरिएको छ ।

    कम्पनीले Omoda E5 Pro को Single Tone भेरियन्टको मूल्य 51.59 लाख रुपैयाँ तथा Dual Tone भेरियन्टको मूल्य 51.99 लाख रुपैयाँ निर्धारण गरेको जनाएको छ। साथै, सार्वजनिक भएको अवसरमा पहिलो ५० ग्राहकका लागि 49.99 लाख रुपैयाँको विशेष मूल्य र एक वर्षको निःशुल्क Auto Plus Insurance समेत उपलब्ध गराइने घोषणा गरिएको छ ।

    कम्पनीका अनुसार नयाँ Omoda E5 Pro देशभरका आधिकारिक Omoda & Jaecoo शोरुममार्फत बुकिङ तथा खरिदका लागि उपलब्ध हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ