काठमाडौं । खाली समयको सदुपयोग गर्दै तीन जना साथीले सुरु गरेको आरएसआर (RSR) हट सस कम्पनी छोटो अवधिमै उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ । रोचना श्रेष्ठ, रश्मि गिरि र सन्तोषी राना ले संयुक्त रूपमा स्थापना गरेको RSR कम्पनीले अनलाइन, विभिन्न स्टल, प्रदर्शनी तथा मेलामार्फत आफ्ना उत्पादनको बिक्री–वितरण गर्दै आएको छ ।
एकअर्कासँग निकै मिल्ने र फुर्सदको समयमा सधैं घुमफिरमा निस्कने यी तीन साथीले घुमघामसँगै केही सिर्जनात्मक र उत्पादनमूलक काम गर्ने सोच बनाएपछि हट सस व्यवसाय सुरु गरेका हुन् । उनीहरूका अनुसार खाली समयलाई केवल मनोरञ्जनमा सीमित नगरी आयआर्जन र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले यो व्यवसाय सुरु गरिएको हो ।
करिब छ महिनाअघि सानो प्रयासका रूपमा सुरु गरिएको आरएसआर हट ससले अहिले भने सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । स्वाद, गुणस्तर र स्वच्छतालाई प्राथमिकता दिँदै उत्पादन गरिएको सस धेरै उपभोक्ताले मन पराउन थालेका छन् । सञ्चालक रोचना श्रेष्ठले महिलाहरूले घरायसी जिम्मेवारीसँगै उद्यमशीलतामा पनि सफल हुन सक्ने विश्वास व्यक्त गरिन् । "खाली समयको सही सदुपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ," भन्ने सन्देश उनीहरूको यात्राले दिएको छ ।
हाल विभिन्न स्टलमार्फत बिक्री गर्दै आएका उनीहरूले आगामी दिनमा आफ्नो उत्पादनलाई थप व्यवस्थित गर्दै बजार विस्तार गर्ने लक्ष्य लिएका छन् । साथीसाथी बीचको विश्वास, निरन्तर मेहनत र सकारात्मक सोचका कारण आरएसआर हट सस छोटो समयमै उपभोक्तामाझ परिचित बन्दै गएको छ । फुर्सदको समयलाई अवसरमा बदल्दै सुरु भएको यो यात्रा आज अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।
छ महिनाअघि सामान्य सोचबाट सुरु भएको आरएसआर हट सस अहिले उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । तीन साथीको सहकार्यमा अघि बढिरहेको यो उद्यमले समयको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


