Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्स: एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी


ग्लोबल पाना
मंगलबार, असार ९ २०८३
  • 180
    SHARES

  • images
    जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्स: एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

    काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख श्री सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख श्री नरहरि सिलवालले हस्ताक्षर गर्नुभएको थियो। यस सहकार्यअन्तर्गत जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष हायर पर्चेज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images

    बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लागू हुने Loan to Value (LTV) अनुपातका आधारमा अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ। ग्राहकलाई छिटो सेवा प्रदान गर्न आवश्यक कागजात तथा प्रक्रिया पूरा भएको एक साताभित्र डेलिभरी अर्डर (DO) जारी गरिनेछ। यस योजनाअन्तर्गत जेसीबी उपकरणका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि उपलब्ध हुनेछ । यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदका लागि सहज वित्तीय पहुँच प्रदान गर्दै प्रक्रिया छरितो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    सहज कर्जा सुविधा र प्रतिस्पर्धी वित्तीय व्यवस्थाले साना तथा मझौला व्यवसायीहरूलाई समेत आधुनिक जेसीबी उपकरणमा लगानी गरी व्यवसाय विस्तार गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ । जेसीबीको विश्वसनीय उपकरण, एम.ए.डब्लु. अर्थमुभर्सको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल तथा ग्लोबल आइएमई बैंकको सहज वित्तीय सेवाको संयोजनले ग्राहकहरूलाई उपकरण खरिददेखि सञ्चालन र मर्मतसम्भारसम्म भरपर्दो समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहक सुविधा, व्यावसायिक वृद्धि तथा नेपालको निर्माण एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि थप ग्राहकमैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ