Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मानव बेचबिखनको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय


ग्लोबल पाना
सोमबार, माघ २३ २०७९
  • 237
    SHARES

  • images
    मानव बेचबिखनको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय

    काठमाडौं । नाबालिग किशोरीमाथि बलात्कारको अभियोग पुष्टि भएका इभेन्ट म्यानेजर मनोज पाण्डेले सात वर्ष जेलमा बस्नु पर्ने भएको छ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई ब्ल्याकमेल गरी बारम्बार यौन शोषण र जबरजस्ती करणी गरेको कसुरमा पाण्डेलाई काठमाडौं जिल्ला अदालतले सोमबार सात वर्षको कैद सजाय हुने फैसला सुनाएको हो ।

    images
    images
    images

    जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको कसुरमा दोषी डहर गरेको छ । पाण्डेलाई उक्त कसुरमा दोषी ठहर गरी माघ १० गते बाल यौन दुरुपयोगमै ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो ।

    त्यसपछि उनको मानव बेचबिखनको कसुर मुद्धामा आजका लागि पेशी तोकिएको थियो । आजको सुनुवाइपछि पाण्डेलाई मानव बेचबिखनको कसुरमा ७ वर्षको कैद सजाय सुनाएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ