Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

थाहा पाउनुहाेस् आज दिनभरकाे मौसम


ग्लोबल पाना
मंगलबार, माघ २४ २०७९
  • 225
    SHARES

  • images
    थाहा पाउनुहाेस् आज दिनभरकाे मौसम

    काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज केही प्रदेशमा हिमपातको सम्भाना रहेको छ । विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको हो ।

    images
    images
    images

    आज बिहान भने देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागमा अहिले हुस्सु/कुहिरो लागिरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश-१, वाग्मती, गण्डकी प्रदेश र कणर्ाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

    बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले प्रदेश-१, वाग्मती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

    पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका भू-भागमा बिहानीपख हुस्सु लागेकाले दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ