काठमाडौं । सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य र शिक्षाको संवैधानिक हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गर्दै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेल र इन्सेक का तर्फबाट वरुण बस्याल ले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।
रिटमा सुकुम्बासी बस्तीमा रहेका बालबालिकाले संविधानले प्रत्याभूत गरेको स्वास्थ्य र शिक्षाको मौलिक हक प्रभावकारी रूपमा उपभोग गर्न नपाएको उल्लेख गर्दै राज्यलाई आवश्यक व्यवस्था गर्न अदालतबाट निर्देशनात्मक आदेश जारी गर्न माग गरिएको छ ।
उक्त रिटमा निवेदकको तर्फबाट अधिवक्ताहरू गौरव बराल, सिराज बराल, विपना शर्मा र विनोद पौडेल लगायतले बालबालिकाको पक्षमा बहस गर्ने जनाइएको छ । रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले आवश्यक आदेश जारी गर्ने अपेक्षा गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


