Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नाडा अटो शोमा नयाँ मोटरसाइकल र स्कुटरको आकर्षण, ‘मेड इन नेपाल’ यात्री पी–टु मुख्य आकर्षण


ग्लोबल पाना
आइतबार, भदौ ७ २०८३
  • 210
    SHARES

  • images
    नाडा अटो शोमा नयाँ मोटरसाइकल र स्कुटरको आकर्षण, ‘मेड इन नेपाल’ यात्री पी–टु मुख्य आकर्षण

    काठमाडौं । भदौ ९ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् । यसपटकको अटो शो नयाँ उत्पादन, विद्युतीय सवारी र नेपालमै एसेम्बल तथा उत्पादन भएका दुईपांग्रे सवारीका कारण थप आकर्षक बन्ने देखिएको छ । अटो शोमा ११ कम्पनीका १३ ब्राण्डले दुईपांग्रे सवारी साधन प्रदर्शनीमा राख्नेछन् । प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी नयाँ मोडल अवलोकन गर्न सकिने आयोजक तथा कम्पनीहरूले जनाएका छन् ।

    images
    images
    images

    यस वर्षको प्रमुख आकर्षण भने नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ‘यात्री पी–टु’ रहने अपेक्षा गरिएको छ। सिप्रदी यात्री प्रालिले नेपालमै उत्पादन गरेको यो विद्युतीय स्कुटर नाडा अटो शोको ‘मेड इन नेपाल’ पभिलियनमा प्रदर्शन गरिनेछ। कम्पनीले यही प्रदर्शनीबाट यसको बिक्रीसमेत सुरु गर्ने तयारी गरेको छ । त्यस्तै, एमएडब्लू राइज प्रालिअन्तर्गतको यामाहा नेपालले ‘यामाहा एक्सएसआर’सहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले अटो शोका लागि आकर्षक स्टल निर्माण गरिरहेको जनाएको छ । नयाँ मोडलको मूल्य तथा अन्य विवरण प्रदर्शनीको पहिलो दिन सार्वजनिक गरिनेछ । सीजी मोटर्सले हिरो ब्राण्डका तीन नयाँ मोडल सार्वजनिक गर्ने भएको छ ।

    कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल अटो शोबाटै बिक्री सुरु गर्ने जनाएको छ । सीजी मोटर्सकै विद्युतीय ब्राण्ड भिडाले ‘भीएक्स जेड’ स्कुटर र ‘केथ्री डट’ मिनी मोटरसाइकलसमेत प्रदर्शनीमा राख्नेछ। मिचे अटो नेपाल प्रालिले पाँच नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालमै विद्युतीय दुईपांग्रे साधन एसेम्बल गर्दै आएको कम्पनीले अटो शोमार्फत आफ्नो उपस्थिति थप बलियो बनाउने योजना बनाएको छ । त्यस्तै, रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले हालै बजारमा ल्याएको नयाँ क्लासिक मोडललाई नाडा अटो शोमा प्रदर्शन गर्ने भएको छ ।

    अटो शोमा क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभीलगायतका दुईपांग्रे ब्राण्डको पनि सहभागिता रहनेछ । नयाँ उत्पादन र प्रविधिको प्रमुख मञ्च १८औँ नाडा अटो शोमा एकैपटक ठूलो संख्यामा नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुनुले नेपाली दुईपांग्रे बजारमा नयाँ प्रविधि, विद्युतीय सवारी र स्थानीय उत्पादन तथा एसेम्बलीप्रति बढ्दो आकर्षणलाई प्रतिबिम्बित गरेको छ ।

    एकै स्थानमा विभिन्न ब्राण्डका नयाँ मोडल अवलोकन तथा खरिद गर्न सकिने भएकाले अटो शो उपभोक्ताका लागि नयाँ सवारी रोज्ने महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ । भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा नयाँ मोडल र प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सकिनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ