काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले रु. १ करोड सहयोग गरेको छ । कम्पनीले शुक्रबार नेपाल सरकारका अर्थमन्त्रीसमक्ष उक्त रकम हस्तान्तरण गरेको हो। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ । विपद्को कठिन परिस्थितिमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सहयोग हस्तान्तरणका क्रममा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गरेको छ । साथै, उद्धार, राहत तथा स्वास्थ्य सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ ।
कम्पनीले विपद्को समयमा नागरिकको जीवनरक्षा तथा पुनर्स्थापनाका लागि राज्य र सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


