Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई मानवीय सहयोग


ग्लोबल पाना
बिहीबार , भदौ १८ २०८३
  • 173
    SHARES

  • images
    यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई मानवीय सहयोग

    काठमाडौं । गत भाद्र १० गते रसुवा जिल्लामा अचानक आएको बाढीले दर्जनौं पुलहरूमा क्षति पुर्‍याउनुका साथै हजारौं घरहरू डुबानमा परेका थिए। वर्षौंदेखि यी पहाडी भूभागमा जीवन बिताउँदै आएका धेरै परिवार एकै रातमा आधारभूत आवश्यकताबाट समेत वञ्चित हुँदै असहज र अनिश्चित पुनःस्थापनाको अवस्थामा पुगे। यस्तो कठिन परिस्थितिमा ब्लू स्ट्रीक्स मोटरसाइकल ग्रुपले आफ्नो राइडिङप्रतिको उत्साहलाई रसुवा र नुवाकोटका प्रभावितहरूका लागि सहयोग र आशाको अभियानमा परिणत गरेको छ।

    images
    images
    images

    बाढीबाट प्रभावित परिवारलाई तत्काल सहयोग पुर्‍याउन ब्लू स्ट्रीक्सका राइडरहरूले आफ्ना सबै सदस्यहरूबाट सहयोग रकम संकलन गरेका थिए। यस क्रममा रु. ९३ हजार रकम जुटाइएको थियो। कम्युनिटीले सहयोग संकलनको सम्पूर्ण प्रक्रियामा पारदर्शिता कायम राख्दै नगद तथा अनलाइनमार्फत प्राप्त सहयोगसहित दाताहरूको सूची सार्वजनिक गरेको थियो। संकलित रकमबाट ब्लू स्ट्रीक्सका सदस्यहरूले चामल, दाल, मिनरल वाटर तथा स्यानिटरी प्याडलगायत आवश्यक सामग्री प्याक गरी राहत सामग्री तयार पारेका थिए।

    भारी वर्षाको बीचमा पनि समूहका सदस्यहरूले राहत सामग्री तयार गर्नुका साथै थप सामग्री बोकेको एउटा गाडीको सहयोगमा मोटरसाइकलको समूह बनाएर त्यसलाई प्रभावित क्षेत्रसम्म पुर्‍याएका थिए। यस पहलका बारेमा MAW राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भन्नुभयो, “हाम्रा राइडरहरू राइड मात्र सँगै गर्दैनन्, समाजलाई सहयोग पनि सँगसँगै मिलेर गर्छन्। नेपालभरी भइरहेका हाम्रा CSR गतिविधि होस् वा यस्ता कठिन परिस्थिति, हाम्रो मूल मन्त्र सधैं ‘राइड टू प्राइड’ रहँदै आएको छ।

    ब्लू स्ट्रीक्स आवश्यक परेको समयमा आम नागरिकको साथमा निरन्तर उभिइरहनेछ।” राहत सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिंग सेन्टरमा वितरण गरिएको थियो। त्यहाँ ब्लू स्ट्रीक्सका सदस्यहरूले बाढीपीडित परिवार, विशेषगरी ज्येष्ठ नागरिक र बालबालिकासँग प्रत्यक्ष भेट गरी आवश्यक सामग्री उपलब्ध गराएका थिए। यस कठिन समयमा उनीहरूले राहत सामग्रीसँगै पीडित परिवारलाई हौसला र साथसमेत प्रदान गरेका थिए।

    बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम जारी रहँदा ब्लू स्ट्रीक्सको यो पहलले साझा रुचि र समुदायप्रतिको उत्तरदायित्वलाई अर्थपूर्ण सहयोगमा रूपान्तरण गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ। सङ्कटको यो कठिन घडीमा प्रभावित परिवारसम्म पुगेर गरिएको सहयोगले समुदायबीचको सहकार्य र मानवीय भावनाको महत्वलाई थप बलियो बनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ