Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

५ वटा प्रदेशका हिमाली भु–भागमा हिमपात हुने


ग्लोबल पाना
शुक्रबार, माघ २७ २०७९
  • 211
    SHARES

  • images
    ५ वटा प्रदेशका हिमाली भु–भागमा हिमपात हुने

    काठमाडौं । हाल देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    images
    images
    images

    प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा तथा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। उता राती भने कणर्ाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    कणर्ाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बाग्गमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा तथा प्रदेश नं. १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ