Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै


ग्लोबल पाना
मंगलबार, भदौ ३० २०८३
  • 169
    SHARES

  • images
    एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

    काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा PMGO साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ । भदौ ३१ देखी असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ ।

    images
    images
    images

    एक्स्ट्रिम इनर्जी ड्रिंक PMGO साउथ एसिया फाइनल्सले नेपालमा गेमिङ तथा ई–स्पोट्र्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरेन्स जोन समेत सञ्चालन हुनेछ ।

    दर्शक तथा सहभागीका लागि उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणजस्ता कार्यक्रम सञ्चालन हुनेछन् । प्रतियोगिता अवधिभर संन्चालन हुने एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज, एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोनले प्रतियोगितामा सहभागी दर्शक तथा सहभागीका लागि रोमाञ्चक हुनेछ ।

    एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत PMGO साउथ एसिया फाइनल्सले गेमिङ प्रतियोगितासँगै दर्शकका लागि मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्नेछ । चार दिनसम्म चल्ने यस प्रतियोगिताले नेपालमा ई–स्पोट्र्स र गेमिङ संस्कृतिलाई थप प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेकोछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ