पट्टाया, थाइल्याण्ड । नेपाली कला, संस्कृति, परम्परा र एकताको सन्देश बोकेको हरितालिका तीज पर्व थाइल्याण्डको पट्टायामा भव्य रूपमा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा थाइल्याण्डमा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन एनआरएनए थाइल्याण्ड शाखाका सचिव हिराकाजी श्रेष्ठले विशेष भूमिका निर्वाह गरेका थिए । श्रेष्ठको सक्रिय समन्वय तथा सहभागितामा आयोजित कार्यक्रममा नेपाली महिलाहरूले तीज गीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा एनआरएनए थाइल्याण्ड शाखाका अध्यक्ष विष्णु पाण्डे, सचिव हिराकाजी श्रेष्ठ, एनसीसी थाइल्याण्डका सचिव प्रेम अधिकारी तथा विक्रम अधिकारीलगायतको सहभागिता रहेको थियो ।
तीज विशेष कार्यक्रममा थाइल्याण्डमा बसोबास गर्दै आएका ६० वर्ष उमेर पुगेका वृद्धा आमाहरूलाई खादा लगाई सम्मान गरिएको थियो । साथै, सहभागीहरूलाई दर खुवाउने कार्यक्रमसमेत आयोजना गरिएको थियो । गोर्खाली चेलीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो । प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई निरन्तरता दिँदै आएको भन्दै सहभागीहरूले कार्यक्रमले नेपाली समुदायबीचको आत्मीयता र एकतालाई थप मजबुत बनाएको बताएका थिए ।
कार्यक्रमले थाइल्याण्डमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेलेको पाईन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


