काठमाडौं । नेपाली रक–फ्युजन ब्यान्ड समकालीन (SamaKaalin) ले आफ्नो दोस्रो सिंगल ‘सिन्धुली ब्लुज’ सार्वजनिक गरेको छ। ब्यान्डको पहिलो प्रस्तुति ‘लाहुरे’ ले श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि समकालीनले नयाँ गीत सार्वजनिक गरेको हो। आधुनिक, रफ–एन्ड–ग्रिटी रक तथा ब्लुजको प्रभावलाई संयोजन गरिएको ‘सिन्धुली ब्लुज’ मा नेपाली मौलिक लोकभावना र कथावस्तुलाई समकालीन ब्लुज–रक शैलीमा प्रस्तुत गरिएको छ। गीतमा नेपाली परम्परागत सांगीतिक संवेदनालाई आधुनिक रक धुनसँग जोड्ने प्रयास गरिएको छ।
ब्यान्डका अनुसार ‘लाहुरे’ लाई श्रोता तथा दर्शकबाट प्राप्त माया, साथ र उत्साहले नयाँ गीतमार्फत फरक सांगीतिक स्वाद प्रस्तुत गर्न प्रेरित गरेको हो। सोही क्रममा ‘सिन्धुली ब्लुज’ तयार गरिएको ब्यान्डले जनाएको छ। गीत अहिले Spotify, Apple Music लगायतका प्रमुख अन्तर्राष्ट्रिय डिजिटल स्ट्रिमिङ प्लेटफर्म तथा समकालीनको आधिकारिक YouTube च्यानलमा उपलब्ध छ। ब्यान्डले हालै गीतको लिरिकल भिडियो समेत सार्वजनिक गरेको छ भने यसको आधिकारिक म्युजिक भिडियो पनि छिट्टै दर्शकमाझ ल्याउने तयारी गरिरहेको छ।
समकालीनमा नवराज थापा क्षेत्री भोकलमा, सरिन के.सी. बेसमा, निकेश मान जोशी ड्रम्समा र क्षितिज शेरचन गिटारमा रहेका छन्। ‘सिन्धुली ब्लुज’ मार्फत समकालीनले नेपाली लोक अभिव्यक्ति र समकालीन रक तथा ब्लुज संगीतबीचको सम्बन्धलाई नयाँ सांगीतिक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


