Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना


ग्लोबल पाना
बिहीबार , असोज १५ २०८३
  • 198
    SHARES

  • images
    दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

    काठमाडौं । रमाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको संस्कृति, स्वाद, प्रतिभा, स्थानीय उत्पादन तथा आफ्ना मानिसहरूको उत्सव मनाउने तरिकासहितको पाँचदिने दशैं होम कमिङ कार्निभल आयोजना गर्ने भएको छ। Drishya See the Unseen को सहकार्यमा आयोजना हुने यो कार्निभल अक्टोबर ६ देखि अक्टोबर १० सम्म आरिया लनमा सञ्चालन हुनेछ। यसको मुख्य आकर्षण भने अक्टोबर १० मा हुने साइग्रेससँगको विशेष भेटघाट तथा मीट एण्ड ग्रीट रहनेछ। दशैंका बेला घर फर्किने खुसी र आत्मीयतालाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्निभलले परिवार तथा आफन्तहरूलाई एकसाथ भेला भई पुनर्मिलन गर्न, चाडपर्व मनाउन र पूर्वी नेपालको जीवन्तता अनुभव गर्ने अवसर प्रदान गर्नेछ।

    images
    images
    images

    हरेक साँझ बेलुका ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा यस क्षेत्रसँग जोडिएका कलाकारहरूको लाइभ प्रस्तुति, स्थानीय स्वाद झल्काउने विभिन्न लाइभ फुड स्टेसन, रमाइला गतिविधि, फेस पेन्टिङ तथा लाइभ क्यास बारको व्यवस्था रहनेछ। यसले उत्सवको माहोलसँगै घर फर्किएको आत्मीय अनुभूति पनि प्रदान गर्नेछ। कार्निभलको सुरुवात अक्टोबर ६ मा प्याराडाइज नेपालको लाइभ प्रस्तुतिबाट हुनेछ। त्यसपछि अक्टोबर ७ मा हाम्रो आवाज, अक्टोबर ८ मा रोयस तामाङ र अक्टोबर ९ मा प्रविन राईको प्रस्तुति रहनेछ। यी चार दिनका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु. १,६०० निर्धारण गरिएको छ। कलाकारहरूको प्रस्तुति बेलुका ६ बजेदेखि सुरु हुनेछ भने लाइभ फुड स्टेसनहरू बेलुका ७ बजेदेखि सञ्चालन हुनेछन्।

    कार्निभलको भव्य समापन अक्टोबर १०, शनिबारका दिन हुनेछ। यस दिन साइग्रेससँगको विशेष मीट एण्ड ग्रीट र प्रस्तुतीका साथै नीलो धागो, बाँसुरी र आस्था बराइलीका लाइभ प्रस्तुतिहरू रहनेछन्। रेगालिया र ईम्पेरियाअन्तर्गत प्रस्तुत हुने यस साँझलाई पाँचदिने उत्सवको विशेष तथा अविस्मरणीय समापनका रूपमा आयोजना गरिँदैछ। यस दिनको प्रवेश शुल्क रु. १,९९९ रहनेछ भने लाइभ फुड स्टेसनहरू राति ८:३० बजेदेखि सञ्चालन हुनेछन्। पूर्वी नेपालको संगीत, स्वाद, प्रतिभा र आत्मीयतालाई एकै ठाउँमा प्रस्तुत गर्ने यस उत्सवले रमाडा बाइ विन्डह्याम इटहरीको आतिथ्यपूर्ण वातावरणमा यस क्षेत्रको पहिचान र स्थानीय समुदायको उत्सव मनाउने अवसर प्रदान गर्नेछ।

    दशैं होम कमिङ कार्निभल पूर्वी नेपालको मौलिकता र यहाँका मानिसहरूप्रतिको सम्मानको उत्सव हो, जहाँ सबैलाई घर फर्किन, सँगै रमाउन र स्थानीयपनको यो विशेष उत्सवको हिस्सा बन्न आमन्त्रण गरिएको छ। बुकिङ तथा थप जानकारीका लागि: फोन: +९७७ ९७०-७०९३६०० वा इमेल: reservations@ramadaitahari.com रमाडा बाई विन्डह्याम इटहरीको बारेमा: पूर्वी नेपालको प्रमुख व्यावसायिक केन्द्र इटहरीमा अवस्थित रमाडा बाई विन्डह्याम इटहरीले अन्तर्राष्ट्रिय मापदण्ड सहितको उच्चस्तरीय आतिथ्य सेवा र आधुनिक सुविधालाई समेटेको छ। ८१ वटा आकर्षक कोठा तथा सुइट भएको यो होटलले व्यवसायिक यात्रु तथा पर्यटकहरू दुवैलाई लक्षित गरी सेवा प्रदान गर्दै आएको छ, जहाँ अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटीलाई नेपालको न्यानो आतिथ्य परम्परासँग सुन्दर ढंगले संयोजन गरिएको छ।

    पाहुनाहरूले होटलभित्र अवस्थित चारवटा विशेष भोजन स्थलहरू NUA, सुत्र लाउन्ज, एरिया र सुक्र बारमा विभिन्न स्वादिष्ट परिकारको मजा लिन सक्नेछन्। साथै यहाँ ब्यान्क्वेट हल, फराकिलो ओपन लन, स्विमिङ पुल र आधुनिक फिटनेस सेन्टरजस्ता प्रिमियम सुविधाहरू पनि उपलब्ध छन्। पूर्वी नेपालको आर्थिक तथा पर्यटन गतिविधिको केन्द्रबिन्दुमा रहेको यो होटल हस्पिटालिटी, ईभेन्ट्स तथा विशेष अनुभवहरूको लागि एक प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ