Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौँ–२६ मा देउवा समूहले गऱ्यो वडा अधिवेशन


ग्लोबल पाना
बिहीबार , असोज १५ २०८३
  • 372
    SHARES

  • images
    काठमाडौँ–२६ मा देउवा समूहले गऱ्यो वडा अधिवेशन

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको काठमाडौँ महानगरपालिका–२६ को वडा अधिवेशन सम्पन्न गरेको छ ।  वडा संयोजक सोजेशमान मालाकारको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन कांग्रेस काठमाडौँका पूर्व सभापति एवम् पूर्वमन्त्री भीमसेनदास प्रधानले गरे ।  अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री प्रधानले विशेष महाधिवेशनका नाममा गरिएको अवैधानिक गतिविधिले पार्टी संकटमा परेको बताए । पार्टीको अधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको उनको भनाई थियो । 

    images
    images
    images

    नेता प्रधानले पार्टी मिलाउने बल वर्तमान पार्टी सभापति गगनकुमार थापाको कोर्टमा रहेको बताए । निर्वाचन जित्न कांग्रेस एकतावद्ध हुनुपर्ने उनको भनाई थियो । मुलुकको विकासका लागि युवा पुस्तालाई अगाडि बढाउनुपर्ने नेता प्रधानले बताए ।  नेपाली कांग्रेस क्षेत्र नं. ६ का नेता कृष्णमान श्रेष्ठले कांग्रेसको आधिकारीता विवाद अदालतसँग भएकाले संगठन निर्माणमा लाग्नुपर्ने बताए ।

    उच्च मनोवलका साथ अधिवेशनमा सहभागी हुन उनले सबैलाई आग्रह गरे ।  नेपाली कांग्रेस क्षेत्र नं. ६ का संयोजक सरोजकुमार बस्नेतले पार्टीलाई जीवन्त राख्नका लागि वडा अधिवेशनले सहयोग पुग्ने बताए । कांग्रेस महाधिवेशन प्रतिनिधी गोविन्द परियारले सरकार र पार्टी संकटमा परेको भन्दै उच्च मनोवलका साथ काम गर्ने बेला आएको बताए । 

    अधिवेशनले सोजेशमान मालाकारको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै, क्षेत्रीय प्रतिनिधीमा पेम्बा तामाङ, गोविन्द परियार, अमित पाण्डे, कृतिका तामाङ, चन्द्र क्षेत्री, मिनबहादुर गुरुङ, चोकबहादुर थापा, शान्ति लामिछाने, राजु शाही, रचना शाही, रोजिना प्रधान चयन भएका छन् । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार