Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हिउँदयाम सकिए सँगै प्रि–मनसुन सुरु


ग्लोबल पाना
बुधबार, फागुन १७ २०७९
  • 334
    SHARES

  • images
    हिउँदयाम सकिए सँगै प्रि–मनसुन सुरु

    काठमाडौं । हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि-मनसुन तीन महिनासम्म रहनेछ ।

    images
    images
    images

    प्रि-मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उहाँले बताए । प्रि-मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ ।

    स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिए । उनका अनुसार आज सुदूरपश्चिम र कणर्ाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो । यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ