Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

थाहा पाउनुहाेस् कस्तो रहने छ आजकाे मौसम


ग्लोबल पाना
मंगलबार, फागुन २३ २०७९
  • 209
    SHARES

  • images
    थाहा पाउनुहाेस् कस्तो रहने छ आजकाे मौसम

    काठमाडौं । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनाका साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव कायमै रहेकाले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

    यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । उता प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहनाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ