Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आजकाे मौसम : ५ प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


ग्लोबल पाना
बिहीबार , चैत २ २०७९
  • 283
    SHARES

  • images
    आजकाे मौसम : ५ प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

    देशको पहाडी भूभागका थोरै स्थानहरू तथा तराई भूभागका एक-दुई स्थानमा अपराह्नतिर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने महाशाखाको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ