काठमाडौं । पहिलोपटक नेपाली बजारमा जेस्टिस् इभी स्कुटर सार्वजनिक भएको छ । एम.भी दुगड़ ग्रुपले नेपालमा फागुन २९ गते सोमबार एक कार्यक्रम गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै इन्डोनेसियन ब्रान्ड जेनिट्सको स्कुटर नेपालमा भित्र्याएको हो ।
तिन वटा रंगमा उपलब्ध भएको यस स्कुटरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए । जेस्टिस् इभी स्कुटरमा ३ वटा रातो, सेतो र कालो कलर रहेका छन् । नयाँ प्रविधी र आकर्षक डिजाइन रहेको यस स्कुटरमा नेपाली बाटोको लागि सुहाउँदो रहेको कम्पनी बताउँछ । कम्पनीको अनुसार यो नेपालमा भएको अहिलेसम्मको सबैभन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर रहेको छ ।
यो स्कुटर नेपालमा उपलब्ध भएको अहिलेसम्मको सबै भन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर नेपालका हिमाल, पहाड तथा तराईका क्षेत्रहरुका लागि उपयुक्त रहेको छ । यस्तै, अन्य इभी स्कुटरमा नभएको प्रविधी मोनोसक र ड्राइभ बेल्ट यस स्कुटरमा रहेको र स्कुटरको ब्याट्री डिट्याचेबल भएकाले निकालेर पनि सुरक्षित राख्न सकिने कम्पनीले भनाइ छ ।
आधुनिक दुई डिस्क ब्रेक सुविधाहरुले सुसज्जित यस स्कुटर ब्रेक हान्दा ब्याट्री स्वचालित रुपमा रिचार्ज हुने, चार्ज गर्दा चार्जिङ गतिविधि ट्रयाक गर्न धेरै सजिलो बनाउछ । स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी ३ वर्षको छ । यसले पूर्ण रुपमा चार्ज गर्न १.३ युनिट विद्युत खपत गर्छ ।
यस स्कुटरमा ५ किलोवाटको विद्युतीय मोटर जडान हुनुको साथै ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको छ । यस स्कुटलरलाई एकपटक फूल चार्ज गरेपछि १०० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले बताएको छ । अधिकतम गति ७६ किलोमिटर प्रतिघण्टा रहेको यस इभी स्कुटरको ब्याट्री ९० मिनेटमा फूल चार्ज हुन्छ ।
कम्पनीले डबल ब्याट्रि जडान भएको यस स्कुटरको मूल्य ४ लाख १० हजार र सिंगल ब्याट्रि जडान भएको स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


