Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय


ग्लोबल पाना
सोमबार, चैत ६ २०७९
  • 203
    SHARES

  • images
    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    काठमाडौं । नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निणर्य रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निणर्य गरेको छ ।

    images
    images
    images

    आज (सोमबार) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निणर्य गरेको हो ।

    बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निणर्य गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निणर्यसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

    यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निणर्य गरेको थियो । सोमबारको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ