Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आजकाे मौसम सामान्यतया सफा रहने छ


ग्लोबल पाना
सोमबार, चैत २० २०७९
  • 190
    SHARES

  • images
    आजकाे मौसम सामान्यतया सफा रहने छ

    काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

    images
    images
    images

    कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा साथै बागमती, कणर्ाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा   मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

    उता राती भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कणर्ाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का र क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ