काठमाडौं । देशको केही भागमा आज वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो ।
वाग्मती र कोसी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकालगायत देशका केही भू-भागहरुमा तुवाँलोको सम्भावना रहेको छ । सुदूरपश्चिम र कणर्ाली प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ विभागले आज राति सुदूरपश्चिम, कणर्ाली प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ ।
बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


