काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कणर्ाली प्रदेशको पहाडी भू-भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। लुम्बिनी, मधेश र कोशी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


